काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामुहिक छलफल गरी राय लिने भएका छन्।
आज बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने काम र जिम्मेवारीका बारेमा राय लिने तयारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे हो।
सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रुपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो।