काठमाडौँ, ३ भाद्र । दल विभाजनलाई सहज हुने गरी सरकारले जारी गरेको अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएको छ।
अधिवक्ता प्रवेश केसी, अधिवक्ता अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी र अधिवक्ता सरोज बुढाथोकी र आशिष श्रेठले छुट्टाछुट्टै रिट निवेदन दर्ता गराएकाे सर्वाेच्च स्राेतले जनाएकाे छ।
साे रिट उपर भदौ ११ गते शुक्रबार पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिएका छन्।