काठमाडौं । सोमबार नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शीतल निवासमा आयोजित शपथ समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वराष्ट्रपति लगायतको उपस्थिति रहेको थियो ।
पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।