काठमाडाैँ । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आइतवार विराटनगरमा प्रदर्शन गरिएको छ ।
पहिचानवादी नेता पूर्वमन्त्री गोपाल किराँतीले पहिचानको आन्दोलनलाई मान्यता दिनुको साटो दबाउने प्रयास भइरहेको भन्दै सरकारको खुलेर विरोध गरेका छन् । आयोजित सभामा बोल्दै उनले आन्दोलन दबाउन सरकारले बल प्रयोग गरेको बताएका छन् ।
पहिचानलाई दबाउन खोजे राजतन्त्र जस्तै दबाउनेहरु समाप्त हुने उनले दाबी गरे । आफूहरुको माग बेवास्ता गरी दबाउन खोजिए अस्तित्वका लागि पुनः बन्दुक उठ्न सक्ने चेतावनी पनि उनले दिए ।
उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला जलाउनुका साथै चर्का नाराबाजी समेत गरेका थिए । निषेधित क्षेत्रमा प्रवेश गरेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।







