काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी विरुद्ध आन्दोलनरत किसानको समस्या यथाशीघ्र समाधान गर्न निर्देशन दिएका छन् ।
महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृहसचिव मार्फत प्रधानमन्त्रीले निर्देशन दिएको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।
सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकारले मिटरब्याज सम्बन्धी कानुन बनाउने काममा लाग्नुका साथै मिटरब्याजी विरुद्ध मुद्दा समेत उठान गरि सकेको वताएका छन् ।
पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले सो सम्बन्धमा मस्यौदा तयार गरेर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्रीका प्रेस संयोजक शर्माले जानकारी दिएका छन् । सरकारले हालसम्म तीन सय पचास मिटरब्याजीलाई कारबाही समेत गरी सकेको छ ।







