काठमाडाैँ । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली कांग्रेसले तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई र चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सो क्षेत्रमा केन्द्रीय सदस्य भट्टराई र पूर्व जिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त स्थान रिक्त भएको हो । चितवन–२ बाट निर्वाचित रवि लामिछानेकाे नागरिकता सम्बन्धी विवादमा सर्वाेच्च अदालतमा परेकाे रिटनिवेदनको फैसलाले लामिछानेकाे नागरिकता लिने प्रक्रिया नमिलेकाे भनी उम्मेदवारि खारेज गरे पछि सो स्थान रिक्त भएको हो ।