ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उपप्रधानमन्त्री खड्का भन्छन् – रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र १७ गते, २०:२० बजे
उपप्रधानमन्त्री खड्का भन्छन् – रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताएका छन् ।

उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पदबहालीका क्रममा उनले भने, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”

मलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको बताए । यीनै विषयका महत्त्वलाई बुझेर नै सरोकार सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उनको भनाइ छ ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने उनले जानकारी दिए । सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उनले बताए ।

यस्तो छ नवनियुक्त उपप्रधानमन्त्री खड्काको जीवनी

नेपाली कांग्रेसका उपसभापति खड्का पिता प्रेमबहादुर र माता मायादेवीको कोखबाट वि.सं. २०१२ फागुन १७ गते जन्मिएका हुन् । वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेत स्थायी ठेगाना भएका उनि हाल बूढानीलकण्ठ नगरपालिका–७, गल्फुटार, काठमाडौँ बस्दै आएका छन् ।

उनको राजनीतिक यात्रा विसं २०३० मा नेपाल विद्यार्थी सङ्घबाट सुरु भएको हो । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । उनि नेपाल विद्यार्थी सङ्घ केन्द्रीय क्याम्पस, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विसं २०३६–२०४१ सम्म सभापति भएका थिए ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतको सभापति (विसं २०४४–२०४८) मा भएका उनि नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६०–२०६४), नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य (विसं २०६४ देखि असोज ६, २०७०) भएका थिए  ।

उनि नेपाली कांग्रेसको सहमहामन्त्री (असोज ७, २०७०), महामन्त्री (वैशाख २१, २०७५) र पार्टीको १४औँ महाधिवेशनबाट केन्द्रीय उपसभापतिमा (पुस १, २०७८) निर्वाचित भएका थिए । उपप्रधानमन्त्री खड्का लोकतन्त्र बहालीका लागि नेपाली कांग्रेस र भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घद्वारा सञ्चालित विभिन्न राजनीतिक आन्दोलनका क्रममा पटक–पटक गिरप्तार भएका थिए ।

उनि वि.सं. २०३८ को राष्ट्रिय पञ्चायतको निर्वाचन बहिष्कारको पार्टी अभियानमा सहभागी हुँदा ३० दिन थुनामा, बहुदलीय व्यवस्था पुनःस्थापनाका लागि विसं २०४६ मा भएको ऐतिहासिक जनआन्दोलनका क्रममा तीन महिना जेल जीवन व्यतित गर्नुका साथै शाही शासनकाल विसं २०६० मा ४० दिन घरमै नजरबन्द अमेत परेका थिए ।

वि.सं. २०५५ मा युवा, खेलकुद तथा संस्कृति र जनसङ्ख्या तथा वातावरणमन्त्री भएका खड्काले वाणिज्य, सूचना तथा सञ्चार र उद्योग, गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । उनि गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उपप्रधानमन्त्री खड्काले अष्ट्रेलिया, अष्ट्रिया, बङ्गलादेश, बेल्जियम, चीन, जर्मनी, हङकङ, भारत, जापान, केन्या, लग्जमबर्ग, नेदरल्यान्ड्स, कतार, सिङ्गापुर, श्रीलङ्का, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, बेलायत, अमेरिका, युएई र कुवेतलगायत मुलुकको भ्रमण गरेका छन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist