काठमाडौं, ६ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालभर पछिल्लो २४ घण्टामा १९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
९,४४३ जनाकाे पीसीआर परीक्षण गरिएकाेमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ।
मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या २४ रहेको छ।