काठमाडौं । शनिबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका राष्ट्रपति पाैडेल चिकित्सकीय निगरानीमा रहेका छन् । छाती तथा पेटको समस्याबाट ग्रस्त भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
पेट फुल्नुका साथै छातीमा पानी भरिएको र बढी असहज महसुस हुन थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएको हो ।
शुक्रबार नयाँ मन्त्रीहरूलाई सपथ दिलाउनुपूर्व नै उनकाे असहजता महसुस गरेका थिए। तत्काल चिकित्सकद्वारा जाँच र आवश्यक इन्जेक्सन लिएकाे दुई घण्टामा उनी शपथ ग्रहण गराउन उपस्थित भएका थिए ।
त्यसकाे एक दिनअघि गरिएकाे रक्त परीक्षणपछि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना हुनुपर्ने सुझाव डाक्टरले दिएका थिए ।
उनलाई टिचिङ अस्पतालकाे भिभिआइपी कक्ष ६०१ मा राखिएकाे छ ।