ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

उपनिर्वाचन : तनहुँ–१ मा उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २० गते, ७:५४ बजे
प्रमुख दलका शिर्ष नेताहरुलाई गृहनगरमै आफ्ना उमेद्वार जिताउन सकस
18
SHARES
Share on FacebookShare on Twitter

तनहुँ । आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज हुँदैछ । तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

यसैबीच उपनिर्वाचनका लागि तनहुँमा सात सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण सङ्कलनको काम भइरहेको जानकारी दिए । उनका अनुसार विभिन्न कार्यालयमा रहेका कर्मचारीको विवरण माग गरेका छौँ”, उनले भने, “कर्मचारी खटनपाटनको काम चैत मसान्तबाट हुन्छ ।”

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको छ ।

“उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि मात्रै चुनाव भएकाले धेरै कर्मचारी खटाउनुपरेन, मङ्सिर ४ गतेको निर्वाचनमा प्रदेशसभातर्फ पनि उम्मेदवार हुँदा धेरै कर्मचारी खटाइएको थियो”, प्रमुख ढकालले भने । विभिन्न मतदान केन्द्रको निरीक्षण पनि सुरु गरिएको छ । उम्मेदवारी दर्ता र निर्वाचन चिह्न प्रदान गरेपछि कर्मचारी खटनपटनको कामलाई अगाडी बढाइने उनले बताए ।

निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताए ।

जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकारलगायतको सहयोगबाट निर्वाचनलाई मर्यादित र भयरहित रुपमा सम्पन्न गर्न सहयोग आवश्यक छ भने । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ ।

मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ । उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ ।

मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए । निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए । कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिपदमा निर्वाचित हुनुभएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist