काठमाडौं । सरकारले गृहमन्त्री र गृह सचिवले सुराकी परिचालनका लागि हिसाब देखाउन नपर्ने गरी आफूखुसी खर्च गर्न पाउने गरी बनेको कार्यविधि खारेज गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि खारेज गरेको बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त कार्यविधि खारेज गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए । यसअघि गृहमन्त्रीको कार्यभार सम्हाल्ने क्रममा गृहमन्त्री श्रेष्ठले सुराकी खर्चको व्यवस्था खारेज गर्ने निर्णय गरेका थिए ।