ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ : मन्त्री यादव

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २१ गते, ७:१७ बजे
ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ : मन्त्री यादव
18
SHARES
Share on FacebookShare on Twitter

जनकपुर । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताएका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उनले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना बनाइरहेको जानकारी दिए ।

“बजेटमात्र दिएर पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्दैन, त्यसका लागि मास्टर प्लान महत्वपूर्ण कुरा हो”, उनले भने, “त्यसैले हामी ठोरीसहित प्रदेशभरिका पर्यटकीय क्षेत्रहरूको मास्टर प्लान बनाइरहेका छौँ, तपाईँहरू ढुक्क हुनुस् हामी ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्दैनौँ ।”

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतमा प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेट विनियोेजन गर्ने आवश्वास दिए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गरेका थिए ।

“मधेस प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु १० करोड बजेट दिने घोषणा गर्नुभयो, तर सरकारले न बजेट दियो न त नीति तथा कार्यक्रममै समावेश गरियो”, उनले भने, “सरकारले कम्तीमा पनि नीति तथा कार्यक्रममा समावेश गरिदिएको भए अरु ठाउँबाट पनि सहयोग आउन सक्थ्यो तर भएन, अहिलेको प्रदेश सरकारले केही गर्ला भन्ने आशा गरेका छौँ ।”

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले ठोरी आउनेमध्ये अधिकांश पर्यटक भारतबाट आउने भए पनि खर्च गर्ने उचित वातारण नहुँदा समस्या भइरहेको बताए । उनले कुनै एक पक्ष वा एकल प्रयासबाट ठोरीको विकास सम्भव नभएकाले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा (एमाले) ठोरीका नेता खगेन्द्र श्रेष्ठले ठोरीलाई पर्यटनसँग जोड्नका लागि उद्योग व्यवसायी सञ्चालनको वातारण बनाउन उद्योगी व्यवसायीसँग आग्रह गरे ।

कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग वाणिज्य स¬ङ्घका अध्यक्ष अग्रवाललगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist