इटहरी । इटहरी उपमहानगरपालिकाले चैत मसान्तभित्र कर तिर्न आग्रह गरेको छ । कर नतिरे जरिवाना लाग्ने जानकारी गराएको छ ।
सूचना प्रकाशित गर्दै उपमहानगरले पालिकाको क्षेत्रभित्र रहेका घर जग्गाको एकीकृत सम्पत्ति, भूमि तथा व्यवसाय कर तिर्न उपमहानगरले आग्रह गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले हस्ताक्षर गरेको सूचनाअनुसार कानुनमा चैत मसान्तभित्र तिर्नुपर्ने व्यवस्था भएअनुसार कर तिर्न आग्रह गरिएको हो ।
समय सीमा भित्र भुक्तानी नगरेमा सम्पत्ति कर ऐन २०७५ तथा व्यवसाय कर ऐन २०७५ बमोजिम थप व्याज तथा जरिवाना लाग्ने बताइएको छ ।