ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राहदानी दुरुपयोगमा अदालतको आदेश : रविलाई पाँच वर्ष हाइसञ्चो (पूर्ण पाठसहित)

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २३ गते, ६:४२ बजे
रास्वपाका सभापति रवि लामिछानेको रिटमा आज सुनुवाइ हुने
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगको अभियोगमा अन्तरीम आदेशको ढोका अदालतले बन्द गरिदिएको छ ।

उक्त विषयमा मुद्दा नचलाउने महान्यायाधीवक्ताको निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेशको ढोका बन्द गरिदिएको हो ।

बुधबार युवराज सफलले चैत ६ गते लामिछानेविरुद्ध मुद्दा नचलाउने भनि महान्यायाधीवक्ता डा. दिनमणि पोखरेलले गरेको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश फुयालले कारण देखाउ आदेश जारी गरेका हुन् ।

दोहोरो पासपोर्ट लिएको अदालतमै स्वीकार गरेको र त्यसलाई बेवास्ता गर्दै महान्यायाधीवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको अवस्थामा न्यायाधीश फुयालले अन्तिम सुनुवाइका लागि मिति समेत नतोकिदिँदा लामिछानेलाई फाइदा भएको छ।

अब नियमित प्रक्रियामा गएर फैसला हुँन मुद्दाका चाप रहेको सर्वोच्चमा कम्तिमा पाँच वर्ष लाग्ने त्यहाँका एक अधिकारीले बताए जसले गर्दा त्यो अवधिभर लामिछानेमाथि मुद्दा चल्ने सम्भावना सकिएको छ।

जारी लिखित आदेशमा अन्तरिम आदेश दिन अस्वीकार गर्नुका साथै त्यसबारे संयुक्त इजलासमा छलफल गर्ने ढोका समेत बन्द गर्दैै न्यायाधीश फुयालले एकैपटक अन्तिम सुनुवाइका बखत नै विषयको निरुपण गर्न आदेश दिएका हुन्।

आदेशमा भनिएको छ, ‘यसै विषयमा यस अदालतको संवैधानिक इजलासले ०७९-WC ००३५ को निवेदनमा मिति २०७९।१०।१३ मा आदेश गरिसकेको र यस निवेदनमा उठाइएका कतिपय विषयहरु उक्त आदेशमा उल्लेख गरेको पाइएको र अन्य केही विषयवस्तुहरु यस निवेदनसँग सम्बन्धित रहेको देखिएकोले उक्त विषयहरु प्रस्तुत निवेदनको अन्तिम सुनुवाईको बेला नै सम्बोधन हुने प्रकृतिको देखिदा तत्काल अन्तरिम आदेश जारी गरी रहन परेन।’

आदेशमा रविले अमेरिकी पासपोर्ट त्यागेको निस्सा जहाँ भए पनि खोजेर ल्याउन भनिएको छ। ‘प्रत्यर्थी रवि लामिछानेले अमेरिकाको राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय, काठमाडौं जहाँ भए पनि झिकाई नियमानुसार पेश गर्नू, आदेशमा भनिएको छ। लामिछानेले दोहोरो पासपोर्टबारे कुरा उठेपछि अध्यागमन विभागमा लगेर पासपोर्ट बुझाएका थिए।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist