काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन् ।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन् ।