ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७९ चैत्र २८ गते, ६:५९ बजे
सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै सुदूरपश्चिम विश्वविद्यालय
20
SHARES
Share on FacebookShare on Twitter

दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशन गर्ने तयारी थालेको छ । विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको संरक्षण गरी अघि बढाउने क्रममा यहाँका लोककथा सङ्कलन गरेर प्रकाशन गर्न लागेको बताए  ।

“यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्य अघि बढाउने योजना छ”, उनले भने, “लोककथा सङ्कलनसँगै विश्वविद्यालयले यस क्षेत्रको उन्नयनका लागि अनुसन्धानलाई अगाडि बढाएको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले प्रदेशका नौवटै जिल्लाका लोककथा प्रकाशन गर्न लागेको बताए । “सौका, भोटे, राउटे, मगर र रानाथारूका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उहाँले भन्नुभयो, “कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।”

दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत नौ जिल्लाकै लोककथा स्थानीय र नेपाली दुवै भाषामा प्रकाशन हुनेछन् । धर्म, संस्कृति रीतिरिवाज हिजो कस्तो थियो भनेर कथाका माध्यमबाट सन्देश दिन खोजेको डा. भट्टको भनाइ छ । विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको उनले जानकारी दिए ।

साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन कार्य अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाई चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितका जनश्रुति नीहित हुन्छन्”, उनले भने, “यसले लोकजीवनलाई बुझ्न सहज हुन्छ ।”

सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धानलाई तीव्रता दिएको छ । बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेन बजेट निकासा नहुँदा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन हुनसकेको छैन ।

सरकारले गत माघमा डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने निर्णय गरेको भए पनि बजेट निकासा नहुँदा सो कार्य अघि बढ्न सकेको छैन । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका अनुसार मेडिकल कलेज सञ्चालनमा आए प्रदेशका विद्यार्थीको चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ । प्रदेशभरि विशेषज्ञ उपचार सेवा दिन सकिनेछ ।

उनले भने, “मेडिकल कलेजका लागि विनियोजित रकम हालसम्म निकासा हुनसकेको छैन ।” आइतबार सम्पन्न विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा उपकुलपति जोशीले सभामा उपस्थित कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बजेट निकासाका लागि आग्रह गरे ।

आर्थिक वर्ष २०७९-८० मा विनियोजित रु ४० करोड हालसम्म निकासा हुन सकेको छैन । मन्त्रिपरिषद्को गत माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत रहने गरी मेडिकल कलेजका रूपमा अगाडि बढाउने निर्णय गरेको थियो ।

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । दीक्षान्त समारोहमा सहभागी प्रधानमन्त्री दाहालले मेडिकल कलेज सञ्चालनका लागि सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे । गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर यहाँका जनताको स्वास्थ्यमा पहुँच विस्तार गर्ने सरकारको योजना रहेको उनले बताए ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist