काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेको दुई दिनपछि देउवाले पनि रास्वपा सभापति लामिछानेलाई भेटेका हुन्न । सत्तारुढ दलका नेताहरुका अनुसार रास्वपालाई सरकारमा ल्याउने गृहकार्य भइरहेको छ, रास्वपा पनि तयार देखिएको छ ।
आज(बुधबार) बस्ने सत्ता गठबन्धनको बैठकमा रास्वपालाई सरकारमा ल्याउने बारेपनि छलफल हुँदैछ । तर सत्तारुढ दलहरु गृह मन्त्रालय नदिएरै सरकारमा ल्याउन चाहन्छन् भने रास्वपा गृह मन्त्रालय लिएर मात्र सरकारमा जाने बताउँदै आएको छ ।
रास्वपाले विगतमा लिएका मन्त्रालयहरु दिनुपर्ने, मन्त्रालयको काममा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाउनुपर्ने,संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखन गर्नुपर्ने र सरकारको निरन्तरताको सुनिश्चितता हुनुपर्ने शर्त अघि सारेको छ ।