Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पूर्व मन्त्री थापाकाे पहलमा जिल्ला अस्पताल र सबै पालिकालाई स्वास्थ्य सामाग्री प्रदान

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १२ गते, ७:३१ बजे
पूर्व मन्त्री थापाकाे पहलमा जिल्ला अस्पताल र सबै पालिकालाई स्वास्थ्य सामाग्री प्रदान
43
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ ११ भाद्र । पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाकाे पहलमा काेराेना भाइरस बिरुद्धकाे स्वास्थ्य सामाग्रीहरु धनकुटा अस्पताल लगायत जिल्लाका स्वास्थ्य संस्थाहरुलाई प्रदान गगरेका छन्।

सहमहामन्त्री थापाकाे पहलमा स्वास्थ्य तथा जनसख्या मन्त्रालय काठमाण्डौबाट लाखाैँ मूल्य पर्ने स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। कोरोना भाईरस तिव्र रुपमा फैलिँदै गएपछी धनकुटा अस्पताल लगायत धनकुटा जिल्लाका स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य स्वास्थ्य सामाग्रीहरुको चर्को अभाव भएकोले पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले पहल गरी स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट विभिन्न स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु ल्याएर आज धनकुटा अस्पताल लगायत धनकुटा जिल्लाका स्वास्थ्य सस्थाहरुका लागी प्रदान गरेका हुन्।

पूर्व मन्त्री थापाले धनकुटा अस्पतालका प्रमुख डा.पुजन विश्वकर्मा र प्रशासन शाखा प्रमुख राजन पोखरेललाई धनकुटा अस्पतालका लागि ल्याएको बेड, यू एस जी मिसन, अक्सिजन सिलिन्डर, थर्मलगन, एक्सो मिटर, अक्सिजन कन्सन्टेटर लगायत विभिन्न स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरेका हुन्।

यसैगरी धनकुटा जिल्लाको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका, चौविसे गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागी मन्त्रलायबाट बेड, अक्सिजन सिलिडन्र, थर्मलगन, एक्सो मिटर,अक्सिजन कन्सन्टेटर लगायत विभिन्न स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नारायण खनाललाई हस्तान्तरण गरेका हुन्। पूर्व मन्त्री सुनिल वहादुर थापाकै पहलमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयबाट यस अघि नै धनकुटाका छथरजोरपाटी र सहिदभूमी गाउँपालिकाका लागि मन्त्रालयबाट समाग्रीहरु आईसकेको थियो।

स्वास्थ्य समाग्रीहरु हस्तान्तरण कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त लगायत सुरक्षा निकायहरुका प्रमुखहरु र नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु पुरेन्द्रलाल श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, महेन्द्र निरौला, नरेश श्रेष्ठ, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस छथरजोरपाटीका सभापति छत्र सुब्बा, धनकुटा नगर कार्य समितिका उपसभापती मिलन खड्गी, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग, नेपाल तरुण दल धनकुटाका क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाली कांग्रेस धनकुटाका यूवा नेताहरु असित थापा, मदन घिमिरे, भरत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

धनकुटाकामा क्रियाशिल सत्ता गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा लगायतका राजनैतिक दलहरुको बैठक वसि निर्णय गरी स्वास्थ्य समाग्रीहरु ल्याउन पहल गरी दिन पूर्व मन्त्री सुनिल वहादुर थापा लगायतका नेताहरुलाई आग्रह गरेको थियो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौ ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist