धनकुटा । धनकुटा नगरपालिका वडा नं. ७ का शैलेसमान श्रेष्ठकाे आमा कुसुम श्रेष्ठको बुधबार विहान निधन भएको छ । उनको धनकुटाकाे विश्रान्ती मन्दिर स्थित तमोर नदीमा अन्त्यष्टि समेत गरिएको छ ।
समाजसेवी तथा कांग्रेसका अभिभावक समेत रहेकी श्रेष्ठकाे ८१ बर्षको उमेरमा आज विहान हृदयघात भई निधन भएको हाे । स्वर्गीय श्रेष्ठ प्रति नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई, सचिव विजय सन्तोषी राई, जिल्ला सदस्य तथा वडा नं. ७ का वडाध्यक्ष रोशेष श्रेष्ठ, क्षेत्रिय उपसभापती तथा वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी, धनकुटा नगर सभापती नरेश श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष धन कुमार राई, नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य टिका भण्डारी, नेपाल पत्रकार महासंघ धनकुटाका सचिव हरी लम्जेल, वडा नं. ७ का उपसभापती कुमार श्रेष्ठ, सचिव उर्गेन शाक्य लगायत नेता र आफन्तजन समेतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
समाजसेवी तथा धनकुटा कांग्रेसका अभिभावक श्रेष्ठको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षती पुगेको जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् ।