ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

पौडेल पक्ष सभापतिको उम्मेदवार घोषणा गर्ने तयारीमा, अझै जुटेन सहमति

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ १७ गते, १४:२० बजे
विशेष महाधिवेशन पौडेलद्वारा प्रस्ताव
19
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुनै लाग्दा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । अहिलेसम्म दुईजनाले सभापति र एकजनाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कांग्रेस महाधिवेशन शुक्रबार (१८ भदौ) बाट सुरु हुँदैछ । भदौभित्रै वडा र स्थानीय तहको अधिवेशन सक्ने गरी कांग्रेसले फेरि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तयारी भइरहेका बेला धमाधम उम्मेदवारी घोषणा हुन थालेको हो ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलेर सभापतिमा लड्ने भन्दै उम्मेद्वारी घोषणा गरिसकेका छन्। केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले बुधवार पत्रकार सम्मेलन गरी सभापतिमा लड्ने घोषणा गरे। उनी आजदेखि जिल्ला दौडाहामा हिँडेका छन् । नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न दबाब दिनकै लागि आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको गुरुङ बताउँछन् ।

कांग्रेस युवा नेता गगन थापाले फेरि एकपटक महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । १३औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए ।

सभापति शेरबहादुर देउवा पुनः दोहोरिने चर्चा चलेको छ । तर, उनले कतै पनि सभापतिमा उठ्ने औपचारिक घोषणा गरेका छैनन् । देउवा खेमाबाटै निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । नेता गोपालमान श्रेष्ठले पनि उम्मेदवारी दिने बताउँदै आएका छन् ।

यही क्रममा संस्थापनइतर समूहले आज सभापतिको उम्मेदवार घोषणा गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे पत्रकार सम्मेलन गरी सभापतिको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ ।

संस्थापनइतर समूहमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, सुजाता कोइराला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी सभापतिका आकांक्षी छन् । तर, धेरै नेता सभापतिका आकांक्षी भएकाले आजै सहमति नजुट्ने पौडेल पक्षका एक केन्द्रीय सदस्यले न्युज कारखानालाई बताए ।

‘फेरि पनि वर्तमान सभापति देउवा दोहोरिन चाहेकाले इतर पक्ष एकढिक्का हुनुपर्ने देखिएको छ र एकता कायमै छ भन्ने सन्देश दिनुपर्ने भएकाले सकेसम्म विवादरहित ढंगले सभापति उम्मेदवार घोषणा गर्न लागिएको छ,’ ती नेताले भने ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist