ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

दसैं खर्चको जोहो गर्न माटो विक्री गर्दै

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ भदौ २० गते, १३:२४ बजे
दसैं खर्चको जोहो गर्न माटो विक्री गर्दै
18
SHARES
Share on FacebookShare on Twitter

पाँचथर । फिदिम नगरपालिका-४ तुम्देनचोकका २० वर्षीय दीप लावती अहिले घर छेउ मेची राजमार्गको दायाँ–बायाँ माटोका बोरा राख्न ब्यस्त छन् । सडकमाथिको माटो बोरामा भरि राजमार्गको आसपासमा उनको परिवारले चिटिक्क पारेर बोराको खात लगाएको छ । उनीजस्तै यहाँ अन्यले बोरामा माटो भर्छन्, सडकको दायाँ–बायाँ राख्छन् र विक्री गर्छन् ।

यसरी माटोको खरीद विक्री हुन्छ । मानिसहरुले यहीँ कामलाई पेसा बनाइरहेका छन् । तर फिदिम–४ चारखम्बेदेखि तुम्देन चोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको आम्दानी गर्ने माध्यम हो । चारखम्बे क्षेत्रमा मेची राजमार्गमाथि भित्तोमा रहेको रातो माटो गाढा रातो हुनुका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले आकर्षक मूल्यमा विक्री हुन्छ । यस वर्ष पनि राम्रो आम्दानी गर्ने उद्देश्यसहित लावतीको परिवारले माटो तयार गरिरहेको छ ।

फिदिम नगरपालिका–४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँ–बायाँ माटोले भरिएका बोराहरु खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिसहरु कोही विक्रीमा ब्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् । यहीँ बाटो भएर पाँचथरका उत्तरी क्षेत्रहरु, ताप्लेजुङ र तेह्रथुमको पूर्वी भाग पुग्ने सवारी साधनमा माटो ‘लोड’ गरिन्छ । यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकहरुले नै माटोको रकम तिरेर खरीद गरी ग्राहकसम्म पुर्‍याइदिन्छन् ।

यहाँकी मीरा गुरुङ लावतीले रातो माटोको व्यापार थालेको १० वर्ष हुन लाग्यो । उनको परिवारले दसैंअघि कामदार लगाएर माटो खन्ने तथा विक्री गर्ने काम गर्दै आएको छ । ‘प्रायः दसैंमा घर सजावटको काम हुने हुनाले दसैंअघिको एक महिना अत्यधिक विक्री हुन्छ,’ लावतीले भनिन्, ‘हामी यहीँ बेला अलिअलि माटो विक्री गरेर आम्दानी गर्छौं ।’  माटो विक्रीले दसैं मनाउन आर्थिक रुपले मद्दत गरेको उनी बताउँछिन् । ‘यति नै हुन्छ भन्ने त छैन । तर राम्रै आम्दानी हुनाले नै यो काम गरिरहेका छौं,’ लावतीले भनिन् । दसैंअघि यहाँ माटो विक्री गर्न भ्याइनभ्याई हुन्छ । ‘जसले राम्रो माटो विक्री गर्न सक्यो, धेरै ग्राहक बनायो उसैले राम्रो आम्दनी गर्छ नि,’ लावतीले भनिन् । माटो विक्रीमा संलग्न स्थानीयले दसैंको सिजनमा आकर्षक आम्दानी गर्ने गरेका छन् ।

आफ्नै जमिनबाट रातो माटो निस्कने भएकाले राम्रो मेहनत र व्यापार गर्नसके आम्दानी पनि राम्रै हुने आधार रहेको अर्की जग्गाधनी रनमाया लावतीको भनाइ छ । यहाँ आफ्नो जमिन नहुनेहरुले जमिन भाडामा लिएर रातो माटो निकालेरसमेत विक्री गर्दै आएका छन् । दसैंअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै विक्री हुने गरेको छ । सडकसँगै घर हुनेहरुले छिटफुट रुपमा बाह्रै महिना माटो विक्री गरेर आम्दानी गर्ने गरेको स्थानीय जयन्द्र खवास बताउँछन् । यहाँको माटो प्रतिबोरा रु. ८० देखि १०० सम्ममा विक्री हुने गरेको छ । प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ ।

पहाडी क्षेत्रका ग्रामीण वस्तीका घरहरु ढुङ्गा र माटोको पर्खाल लगाएर निर्माण गरिन्छ । ढुङ्गा र माटोको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटोको प्रयोग गरिन्छ । लिपपोत सहज बनाउन तथा घरको सुन्दरताका लागि भूईंतलाको पर्खालको भूईंतर्फको करीब एक तिहाई भागमा रातो माटो पोत्ने चलन अहिले पनि गाउँघरमा उत्तिकै छ । कतिपय घरका पर्खालहरु त पूरै रातोमाटोले पोत्ने चलन पनि छ । यहीँ प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो । जसकारण यहाँका स्थानीयवासीले माटोको विक्री वितरणलाई पेशाकै रुपमा अङ्गालेका छन् ।

बाह्रै महिना नभए पनि वर्षमा केही समयका लागि भए पनि यहाँ माटो खन्ने, ढुङ्गा र माटो छुट्ट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयले रोजगारी पाएका छन् । “दसैंअघि राम्रो विक्री हुन्छ । धेरै लैजानेलाई अलि सस्तोमा पनि दिन्छौँ,’ लावतीले भनिन्, ‘बर्खा सकिएपछि माटो खन्न, बोरामा भर्न र मिलाएर सडकको छेउ भित्तामा राख्न थाल्छौँ ।’

यहाँको माटो गाढा रातो हुनाले गाउँ—गाउँमा प्रख्यात भइसकेको छ । यद्यपि गत वर्ष लकडाउन र कोभिड—१९ को महामारीका कारण राजमार्गका यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षहरुमा जसरी विक्री नभएको रातो माटोको विक्री गर्दै आएका कृष्ण खवासको भनाई छ । ‘पहिले राम्रो विक्री हुन्थ्यो र जग्गाधनीलाई हामीले राम्रो पैसा दिन सक्थ्यौँ । अहिले विक्री कम छ,’ खवासले भने । यस्तै माटो भर्नका लागि बजारमा बोरा नपाइने गरेको र बोराको मूल्य बढ्ने तथा माटोको मूल्य घटाउनुपर्ने हुनाले धेरै फाइदा भने हुन छाडेको माटोको विक्रीमा संलग्नहरुको भनाइ छ ।

माटो विक्री बढेपछि यहाँ दैनिक १५ जनादेखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र विक्री गर्ने काममा खटिन्छन् । यहाँका भित्तामा धेरै ढुङ्गा नरहेको र सजिलै माटो निकाल्न सकिने भएकाले विक्रेताहरुलाई सहज भएको छ । गाउँ—गाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरीद गर्न धेरैले रुचाउनाले माटोको विक्री बढेको हो । यहाँको माटोले लिपपोत गर्दा घर, आँगन आकर्षक देखिने हुनाले वर्षौँदेखि विक्री हुँदै आएको माटोको विक्रीमा संलग्न रनमाया लावती बताउँछिन् ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist