तरहारा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुनसरीमा पनि भईरहेको छ । विभिन्न जिल्लामा जारी महाधिवेशन सुनसरीमा पनि सुरुभएको छ । इटहरी २० मा कांग्रेसका सबै पद सर्वसम्मत छनोट भएका छन् । निर्वाचन अधिकृत मोहन दाहालका अनुसार सभापतिमा अर्जुन बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
तेूतै उपसभापतिमा दीप बहादुर पुरी र मनिष्न बस्नेत निर्वाचित भएका छन् । सचिवमाकमल बहादुर खड्का र नूतन लुइँटेल निर्वाचित भएका छन् । सदस्यमा पनि निर्विरोध ११ जना सदस्य निर्वाचित भएका छन् ।
मनोनीत गरिने भनिएको कोषध्यक्षमा भने अहिले नाम सार्वजनिक गरिएको छैन् । उता वडा नं. २० बाट ४३ जना क्षबीय प्रतिनिधिमा चयन भएका छन् ।