एजेन्सी । कोरोना भाइरसको जन्म भएको देश अर्थात कोरोनाको उत्पदीत देश चाइनाले कोरोनाको खोप लगाउने अभियानमा सवैभन्दा अगाडि उभिएको छ ।
एजेन्सीका अनुसार हिजो बिहीबारसम्ममा चीनले कुल जनसंख्याको ७२ प्रतिशत मासिनलाई खोप लगाइसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी उल्लेख गरेको छ ।
चिनले हाल सम्म एक अर्ब लाई दुवै डोज खोप लगाई सकेको छ । एक अर्व ४० करोड चिनियाँ रहेको चिनमा हिजोसम्ममा १ अर्ब जनलाई दुवै डोज खोप लगाइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन् ।
चिनले २० करोड खोप ६० वर्ष माथिका लाई लगाएको छ भने ९ करोड ५० लाख खोप १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरी लाई लगाएको छ ।
खोप लगाउनमा विश्वकै नम्बर एकमा पर्न सफल भएपनि चिन मा पूर्ण रुपमा कोरोना नियन्त्रणमा आउन सकेको छैन । दक्षिण पूर्वी प्रान्त फुचियानमा गत साता २ सय बढी संक्रमित भेटिएका छन् ।
चीनपछि विश्वमै सवैभन्दा धेरै कोरोना खोप लगाउने देश भारत हो । भरतमा अहिलेसम्म ७५ करोड मानिसलाई खोप लगाइएको छन् ।