ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी छ : शुशिला कार्की

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार ४ गते, १३:१८ बजे
राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा अर्कै तयारी छ : शुशिला कार्की

Sushila Karki, nominated for the vacant position of Chief Justice of Nepal, faces the parliamentary hearing, at the Parliamentary Hearing Special Committee meeting, in Kathmandu, on Sunday, July 10, 2016. Photo: RSS

21
SHARES
Share on FacebookShare on Twitter

-सुशीला कार्की, पूर्वप्रधानन्यायाधीश 

 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २१ घन्टाभित्र संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यो प्रक्रिया संविधानअनुसार मिलेको छ ?

संविधानअनुसार कसरी मिल्यो र ? प्रधानमन्त्रीले विश्वासको मत पाउने आधार छैन भनेर राष्ट्रपतिले घोषणा गर्न मिल्दैन । त्यो त संसद्मा निर्णय हुने हो । संसद्मा प्रक्रिया नै सुरु नगरी ‘रिजल्ट फ्ल्यास आउट’ गर्दिने ? प्रधानमन्त्रीले विश्वासको मत फेस गर्दिनँ भन्न नै पाउँदैन । गर्न मन नलागे राजीनामा दिने हो । यो संवैधानिक बाध्यता हो ।

प्रधानमन्त्रीले ‘विश्वासको मत लिने अवस्था नभएकाले मार्गप्रशस्त गर्ने’ भन्नुभएको छ । विश्वासको मत पाउन सक्दिनँ भन्ने लागेमा राजीनामा दिनुपर्ने हुन्छ कि सीधै ‘मार्गप्रशस्त गरिदिएँ’ भन्दा पनि संविधानतः स्वीकार्य हुन्छ ?

‘म सरकार चलाउन सक्दिनँ’ भन्ने लाग्यो भने प्रधानमन्त्रीले राजीनामा दिने हो । त्यसपछिको प्रक्रिया के हो भनेर प्रधानमन्त्रीले भन्ने होइन । संविधानअनुसार राष्ट्रपतिले अन्य सम्भावनातिर हेर्ने हो । तर, अब अर्को सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ भनेर पनि प्रधानमन्त्रीले लेखेर दिएअनुसार राष्ट्रपतिले त्यही सूचना जारी गर्नुभएको छ । बिदा हुने प्रधानमन्त्रीले अब के गर्ने भनेर भन्न मिल्दैन, त्यो त संविधानले भन्छ नि ।

तर, राष्ट्रपतिले त प्रधानमन्त्रीको सिफारिसलाई अनुमोदन गरिसक्नुभयो । नयाँ सरकार गठनका लागि २१ घन्टाभित्र आऊ भनेर राष्ट्रपतिबाट म्याद तोकिएको छ । २४ घन्टाको समेत म्याद नदिई यति हतारो गर्न मिल्छ कि मिल्दैन ?

जुन छोटो समय तोकिएको छ, त्यसले राष्ट्रपति र प्रधानमन्त्रीको सल्लाहमा भित्रभित्रै अरू केही तयारी भइरहेको छ भन्ने देखिन्छ । नत्र यति कम समयमा नयाँ सरकारका लागि अरूले के तयारी गर्न सक्छन् र ?

नयाँ सरकार गठनको उद्देश्य नै देखिएन यहाँ । समयावधि मिलेन । वैकल्पिक सरकार गठनको लक्ष्य देखिएन ।

अहिले त कुन दलको सरकार बन्छ र को प्रधानमन्त्री बन्छ भन्दा पनि संवैधानिक व्यवस्थाको विषय भयो । यो विषय न्यायिक रूपमा चुनौती दिन मिल्छ कि मिल्दैन ?

यो मुद्दा न्यायिक पुनरावलोकनमा जान सक्छ ।

प्रधानमन्त्री ‘फास्ट ट्र्याक’मा अघि बढ्न खोज्नुको के अर्थ हुन सक्छ ?

निर्वाचनमा जान खोजेको प्रस्ट छ । प्रधानमन्त्रीले फेरि संसद् विघटन गरेर कोरोना महामारीका बीच मध्यावधि चुनाव घोषणा गर्न खोज्नुभएको देखिन्छ ।

यो विवादको समाधान के हुन सक्छ ?

अहिले निर्वाचनमा जाने लफडा गर्नुभन्दा दलहरू मिलेर संसद्भित्रैबाट सानो आकारको मन्त्रिपरिषद् गठन गरेर प्रतिनिधिसभाको बाँकी कार्यकाल पूरा गर्नु ठीक हो । यो महामारीको समयमा निर्वाचनमा जाने नै होइन । भारतकै उदाहरण काफी छ । मोदीलाई कोरोनाको अर्को लहर आउला भन्ने लागेको थिएन । निर्वाचनमा ¥यालीहरू भए, त्यही चुनावका कारण कोरोना झन् फैलियो । हामीले शिक्षा लिनुप¥यो त्यहाँबाट । यसपालिको चुनाव म जित्छु भनेर विपक्षी चुप बस्यो भने झन् कठिन परिस्थिति आउन सक्छ ।

नयाँ सरकार गठन प्रक्रियातर्फ गयो भने संविधानको धारा ७६ (५) मा ‘कुनै पनि सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा…’ भनिएको छ, त्यो ‘आधार’ भनेको के हो ?

संविधानमा ‘आधार’ भनेको के भन्ने स्पष्ट छैन । मसँग यति सदस्य छन्, बहुमत छ, भनेर हस्ताक्षर गरेर देखाउने होला । म विश्वासको मत लिन सक्षम छु भनेर देखाउने होला ।

(नयाँ पत्रिकाकालागि शिल्पा कर्णले लिएको अन्तर्वार्ता)

Tags: राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist