गुल्मी । मंगलबार राति आएको पहिरोले पुरिएर एकै घर परिवारका ३ जनाको मृत्यु भएको छ ।
गुल्मीको रेसुङ्गा नगरपालिका–८ मा आएको पहिरोले पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।
मृत्युहुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ का २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी अर्कि छोरी जमुना परियार रहेकोे प्रहरीले जानकारी दिएको छ । उनिहरु जुम्ल्याहा रहेको स्थानियले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले बताए अनुसार घरमा सुतिरहेका तीन दिदीबहिनी करिब १२ जबे घरमाथिबाट ढुंगासहित खसेको पहिरोमा परेका थिए ।
मृतकका बुबा तिलक परियार, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालय गुल्मील बताएको छ । गए राति नै नेपाली सेना र नेपाल प्रहरीको टोली घटनास्थल पुगेको र मृतकहरुको शव निकाल्न थालेको छ ।