काठमाडाैँ । धनकुटाको महालक्ष्मी नगरपालिकामा भारी मतका साथ सभापतिमा ध्रुवराज राया विजयी भएका छन्। आज सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नगर अधिवेशनमा उनी विजयी भएका हुन्।
महालक्ष्मीमा जम्मा १ सय ५४ मत खसेको थियो सभापतिमा उठेका रायाले १ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन्। सभापति पदका अर्का प्रत्यासी परिवर्तन पाैडेलले ४९ मत प्राप्त गरेका थिए।
निर्वाचित नेता रायाले नीतिसञ्चारसँग कुरा गर्दै यस अघि गरिएका वाचाहरु पुरा गर्दै नेपाली कांग्रेस धनकुटामा भएकाे गुटकाे राजनीतिलाइ परास्त पार्न भुमिका खेल्ने बताएका छन्।
आफु कुनै गुटगत नभइ स्वतन्त्र काँग्रेसी भएकाेले गुटगत प्रतिस्पर्धा गरेर जनभावना विपरितको सन्देश दिन नहुने कुरामा समेत अडीग रहेकाे बताएका छन्।
संघियता लागु भएपछि आफुले पार्टीको जिम्मेवारी सम्हालेर कांग्रेस बलियो समेत बनाएर याे अवस्थामा ल्याएकाे वताएका छन्। आगामी दिनमा समेत पार्टी र संगठन दरिलाे बनाउन लागी पर्ने वाचा गरेका छन्।
२०५१ सालमा देखि नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका रायाले २०५६ तरुणदल धनकुटा जिल्ला कार्यसमिति सदस्य बनेका थिए। स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित समेत भएका थिए।