काठमाडौं । नेपाल राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सम्बन्धी सुचना निकाले छ ।
राष्ट्रिय परीक्षा बोर्डले तिहारपछि मात्र कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ । नेपाल राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजना रहेको जानकारी दिए ।
उनले कोभिड–१९ ले रोकिएको परीक्षा गत भदौ ३० गतेदेखि सुरु भई गत शुक्रबार सकिएको र ‘उत्तरपुस्तिका परीक्षण सुरु भएको जानकारी गराउदै अध्यक्ष पौडेलले भने, ‘तिहार पछाडि नतिजा प्रकाशित गर्ने लक्ष्य रहेको छ ।’
भौतिक उपस्थितिमै सञ्चालन गरेको परिक्षामा करिब ४ लाख विद्यार्थी सहभागि थिए । उत्तरपुस्तिका जाँच गर्ने काम सकिएमा कात्तिक महिनाभित्रै नतिजा प्रकाशित गरिने योजना रहेको पौडेलले बताए ।