एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्समाथि रोमान्चक जित निकालेको छ ।
युएईको अबुधाविमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७१ रन बनाएको थियो । कोलकात्ताका लागि सर्वाधीक रन राहुल त्रिपाठीले ४३ ले बनाएका थिए त्यस्तै नितिश रानाले ३७, दिनेश कार्तिकले २६ र आन्द्र रसेलले २० रन जोडे का थिए ।
कोलकात्ता सस्तैमा समेट्ने क्रममा बलिङतर्फ चेन्नईका जोश हेजलउड र शार्दुल ठाकुरले दुई–दुई तथा रवीन्द्र जडेजाले एक विकेट लिएका थिए ।
१७२ रनको लक्ष्य पक्ष्याएकोे चेन्नईले २० ओभर पूरै खेलेर लक्ष्य पूरा गरेको थियो । जितसँगै चेन्नई अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चेन्नईका लागि फाफ डु प्लेसिसले ४४, रुतुराज गाइक्वाडले ४०, मोइन अलीले ३२ र रवीन्द्र जडेजाले २२ रन बनाए । धोनी सस्तैमा आउट भएपछि खेल कोलकात्ताको पक्षमा भएपनि रविन्द्र जडेजाको दुई छक्का र दुई चौकाको मदतले चेन्नाईले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।