जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मारेको छापा प्रति आपति जनाएका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले आफू र प्रदेश सरकारलाई बद्नाम गर्न संघियता विरोधीहरुले छापा मारेको बताए । बुधबार अख्तियारको छापापछि पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले संघीयता बिरोधीहरुले आफूलाई र प्रदेश सरकारलाई बद्नाम गराउने उदेश्यले छापा मारेको आरोप लगाएका छन् ।
संघीयता नरुचाउने तत्वहरुले आफ्नो कार्यालय र संघियतालाई नै बदनाम गर्ने प्रयास गरेको गरेका छन् । आफैमा सुशासन कायम गर्न जनलोकपाल आयोग बनाएको अवस्थामा अख्तियारको टोलीले छापा मार्नु गलत रहेको मुख्यमन्त्री राउतले बताए ।
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई साइकल वितरण गरिएको कार्यक्रममा अनियमितता भएको उजुरी परेपछि मुख्यमन्त्री कार्यालयमा छापा मारेको थियो । उक्त कार्यक्रम बुधबार दिउसो भएको थियो ।







