धनकुटा । पूर्व मन्त्री सुनिल बहादुर थापाले धनकुटाका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु भएको छ ।
सुर्य बहादुर थापा प्रतिष्ठानको सहयोगमा नेपाली कांग्रेस धनकुटाको संयोजनमा धनकुटाको शहिदभूमी गाँउपालिकाका विभिन्न वडाहरुमा स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नु हो ।
दशै तिहार, छड नेपाल सम्वत, मंसिरे चाड पर्व लगायत सवै चाड पर्वको अवसरमा शुभकामना दिदै धनकुटा जिल्लाका शहिदभूमी गाउपालिका वडा नं. १ का सभापती भिम नाथ खड्का, वडा नं. २ का सभापती दुर्गा विष्ट, वडा नं. ३ का सभापती रत्न राई, वडा नं.४ का सभापती सन्तोष राई, वडा नं. ५ का सभापती कनक राई, वडा नं. ६ का सभापती विकास राई, वडा नं. ७ का सभापती मंगल सिहं राईलाई वडा कार्य समिति र वडाका स्वास्थ्य चौकीहरुका लागी स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको हो । सो अवसरमा सहिद प्रकाश थापा स्मृती प्रतिष्ठाना अध्यक्ष अर्जुन थापालाई सूर्य बहादुर थापा प्रतिष्ठानको तर्फबाट दुई वटा अक्सिन कन्सनटेटर समेत प्रदान गरिएको थियो । उक्त समाग्रीहरु धनकुटाको सहिद भूमी गाउपालिका वडा नं. १ को घंघरु, वडा नंं ३ को देवीथान छेउ र वडा नं. ४ को पिप्लेमा कार्यक्रमको आयोजना गरी वितरण गरिएको थियो ।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापा, अमामन्त्रि केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल, उपसभापती नविन किशोर शाक्य, जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु भुपेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी क्षेत्रिय सभापती जितेन्द्र राई, पूर्व महासमिति सदस्य शिव कुमार राई लगायतले उक्त समाग्रीहरु वडा सभपतीहरुलाई प्रदान गर्नु भएको थियो ।
धनकुटाको सहिभूमी गाउपालिका वडा नं. १ घंघरुमा भएको कार्यक्रम नेपाली कांग्रेसका वडा सभापती भिनाथ खड्को अध्यक्षमा सम्पन्न भएको र कार्यक्रमको संचालन महासमिति सदस्य रमेश राईले गर्नु भएको थियो । वडा नं. ३ को छिन्ताङ्ग देवी थान निजक भएको कार्यक्रमको सभापतीत्व सहिद भूमी गाँउपालिका सभापती टंक राईले गर्नु भएको थियो भने धन्यवाद मन्तत्व्य पूर्व महासमिति दस्य शिव कुमार राईले गर्नु भएको थियो ।