एजेन्सी । ताइवानले चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको जनाएको छ । ताइवानको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीनले आफ्नो हवाई क्षेत्र उल्लंघन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना रहेको बताएको ।
चिनका २५ वटा पिएलएका लडाकु विमान एडिजको दक्षिण–पश्चिमी क्षेत्रमा शुक्रबार दिउँसो उडिरहेको अवस्थामा भेटिएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ भने चिनबाट पूर्ण साँझपख अरु १३ वटा विमान उक्त क्षेत्रमा उडान भरेको पुर्ण देखिए पछि ताइवानले अपत्ति जनाएको छ ।
यसरी चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि जानकारी पाएपछि ताइवानले आफ्ना जेट उडाउनुका साथ मिसाइल प्रणाली पनि तैनाथ गरेको एजेन्सीले जनाएको छ । चिनले यसरी शान्तिनै खल्बलिनेगरी जेट विमान उडाए पिछ ताइवानका प्रिमियर सु सेङ चाङले ‘चीनले क्षेत्रीय शान्ति खल्बलिनेगरी सैन्य आक्रामकता देखाइरहेको छ,’ भनेर घटनाको टिप्पणी समेत गरेका छन् ।
ताइवानले यस्तो धेरै हर्कत चिनबाट भईरहने भनेर बारम्बार भनिरहदाँ चीनले भने आफ्नो सुरक्षा र ताइवान तथा अमेरिकाबीचको सहकार्यलाई निशाना बनाउन यस्ता कार्य गर्ने गरेको बताउने गरेको छ । ताइवान आफूलाई स्वतन्त्र सर्वाभौम देश रहेको बताउँछ । भने चीनले आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ ।