काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र बचाउने भनेको अब नेपाली कांग्रेसले मात्रै भनेका छन् । नेता रामचन्द्रले केपी ओलीलाई देश तानाशाहीतर्फ लैजान खोजेको आरोप लगाए ।
आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले ओलीले देशलाई तानाशाहीतर्फ लैजान खाजेपछि आफूहरुले रोकेको भन्दै दाबी समेत गरे । नेकपा एमालेको विधान महाधिवेशनमा ‘पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी कसैको फोटो छैन । जताततै ओलीका फोटो राखिएको छ । ओली तानाशाह बनेर आत्मप्रशंसामा रमाइरहेका छन्।’ उन्नले भने
देशको संविधान र लोकतन्त्रको रक्षाका लागि लड्न नै आफूले राष्ट्रपति पद अस्वीकार गरेको कुरा जानकारी गराउदैँ १४ औँ महाधिवेशनमा हार्ने जित्ने दुवै मिलेर संविधान र लोकतन्त्रको एकताको लागि अगाडि बढाउनुपर्ने बताए ।
पौडेलले का अनुसार कम्युनिष्टबाट लोकतन्त्र बच्न नसक्ने भएकाले अब लोकतन्त्र बचाउनकै लागि कांग्रेसले जिम्मेवारीपूर्वक कदम बहन गर्नपर्ने र नेपाललाई कमजोर बनाउने षड्यन्त्र भइरहेको ले त्यसका विरुद्धमा कम्मर कसेर लाग्न आग्रह गर्दै अब त्यसको अभिभारा कांग्रेसलाई थाम्नुपर्ने जिकिर गरे ।