काठमाडौं । काठमाण्डौंमा आज यातायात व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । उनिहरुले लगातार पेट्रोलियम पदार्थको मूल्य बढ्दा पनि भाडादर भने नवढाएको भन्दै सार्वजनिक बस व्यवसायीहरुले काठमाडौँका सडकमा बस तेर्स्याएर प्रदर्शन गरेका हुन् ।
इन्धनको मूल्य बढेको अवस्थामा भाडा पनि बढाउनुपर्ने उनिहरुको माग गरेका छ । उनीहरुले सरकार तिमी कता छौ हामि यातायात व्यवसायी सडकमा खडा छौं, सरकार म मरू कि बाँचौ ? भनदै सडकको छेउमा बस तेर्साएर हड्ताल गरेका छन् ।
उनिहरुले तेलको मूल्य ८० रुपैयाँबाट ११३ पुग्दा पनि भाडा दर भने १५ रुपैयाँ नै रहेकाले आन्दोलन गर्नुपरेको भन्दै हड्ताल गरेको यातायात व्यवसायीले जानकारी दिएका छन् ।