धनकुटा । आउदै गरेको चाड पर्वको शुभ कामना दिदै धनकुटाको महामलक्ष्मी नगरपालिकाका सवै वडाहरुमा आज नेपाली कांग्रेस धनकुटाले सूर्य वहादुर प्रतिष्ठानको सहयोगमा कोरोनाबाट बच्नका लागी स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिद्धारा आयोजित शुभ कामना आदन प्रदान तथा स्वास्थ्य समाग्रीहरु वितरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले चाड पर्वको शुभ कामना दिदै महालक्ष्मी नगरपालिका ९ वटै वडाका वडा सभापतीहरु र वडाका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य समाग्रीहरु वितरण गरेका थिए ।
सो अवसरमा नेपाल महिला संघ धनकुटाका उपाध्यक्ष अम्विका धमला, पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाली कांग्रेस धनकुटाका पूर्व सहसचिव राजन पौडेल, जिल्ला सदस्यरु राजेन्द्र पौडेल, ज्ञान वहादुर गुरुग, जयन्द्र घिसिग लगायतले समेत शुभ कामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेस महालक्ष्मी नगर कार्य समितिका सभापती ध्रुव रायको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा स्वागन्तव्य उपसभापती गोपाल चन्द्र पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन नेता गेजेन्द्र बाबु ढकालले गर्नु भएको थियो ।
महालक्ष्मी नगरपालिका वडा नं. १ सभापती लाख बहादुर गुरुग, वडा नं.२ का सभापती भेष वहादुर पौडेल, वडा नं. ३ का सभापती चिरञ्जिवि कोडेन, वडा नं.४ का सभापती तेज कुमार श्रेष्ठ, वडा नं. ५ का सभापती राजिव बुढाथोकी, वडा नं. ६ का सभापती प्रविण गिरी, वडा नं. ७ का सभापती नेत्र वहादुर अधिकारी, वडा नं. ८ का सभातपी ओम वहादुर वराल, वडा नं. ९ का सोभित काफ्लेलाई नेपाली कांग्रेस वडा कार्य समिति र वडाका स्वास्थ्य चौकीहरुको लागी स्वास्थ्य समाग्रीहरु प्रदान गरिएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिए ।







