काठमाडौं । रुपन्देहीको बुटवलमा सशस्त्र प्रहरीले गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासीको जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले गोली चलाएको थियो ।
प्रर्दशनकारीले ढुंगा–मुडा गर्न थालेपछि सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड फयर गरेको थियो । उक्त झडपमा तीस जना भन्दा धेरै घाइते भएका छनभने सशस्त्रको गोली लागी तीन जनाको मृत्यु भएको हो ।
अहिले सम्म मृत्यु हुनेको पूर्ण पहिचान खुलेको छैन् । औद्योगिक क्षेत्रमा बढेको अतिक्रमण नियन्त्रण लिनको लागि सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो । सो स्थान गत फागुनमा सरकारले शिलान्यास गरिएको हो ।
सोही निर्णय अनुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए । प्रर्दशनकारीले स्थीति भयाहक बनाउदै गएकाले स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले केही राउण्ड फायर गरेकोे जनाएको छ ।