काठमाडौं । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेका यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
३९ जना यात्रु लिएर नेपालगञ्जबाट मुगुको गमगढीका लागि बस छुटेको थियो । दशैं मनाउन घर हिँडेका यात्रुहरु लिएर गमगढी जाँदै गर्दा बस पिनामा दुर्घटना थियो ।
बसमा सवार ३९ जना मध्ये ३२ जनाको मृत्यु भईसकोको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ । प्रत्यक्षदर्शीका अनुसार बस सडकबाट तीन सय मिटर तल खसेको थियो ।
बसमा सवार २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पु¥याउने क्रममा र ४ जनाको नेपालगञ्ज पु¥याए पछि मृत्यु भएको प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन् ।
बाँकेमा उपचारको क्रमाम थप ४ जनाको मृत्यु भएपछि मृत्युहुनेको संख्या ३२ पुगेको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अफ्ठ्यारो ठाउँमा रहेकाले अझै विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।







