काठमाडौं । बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १–१ गोलको बराबरीमा सकिएपछि नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।
आज बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १–१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको छ ।
बंगलादेशले अग्रता लिएको थियो । बंगलादेशको लागि सुमन रेजाको गोलमा अग्रता लिएको थिायो । बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि खेलको ८५ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अन्जन विष्टले गोल गरेका थिए । र नेपालको फाइनलको यात्रामा लगेका थिए ।
नेपालको ४ खेलमा ७ अंक बनाएर फाइनल प्रबेश गरेको हो भने, बंगलादेशले ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको हो । आजै हुने दोस्रो खेलमा माल्दिभ्स र भारत भिड्दै छन् । उक्त खेलको विजेताले फाइनलमा स्थान पक्का बनाउनेछ । यदि खेल बराबरी भएको खण्डमा भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।