सुनसरी । सुनसरीमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बाङ्गेस्थित भित्री सडकखण्डमा कार दुर्घटना भएको थियो ।
सो दुर्घटनामा बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका ४० वर्षीय कृष्णप्रसाद दाहालको मृत्यु भएको हो । कालाबञ्जरदेखि चक्रघट्टी आउँदै गरेको कार अनियन्त्रित भएर सडकबाट पैनीमा पल्टेको थियो ।
कार राति ६ बजे पैनीमा खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका थिएका उनलाई उपचारकालागि नगर अस्पताल चक्रघट्टी लौजादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।