कठमाण्डौं । शाहस उर्जा शेयर यहि साता नेप्सेमा सूचीकृत हुनेभएको छ ।
साहस उर्जा शेयर ६ गते देखि १०निष्काशनमा ल्याएको थियो । लगभग ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा आएको थियो ।
७० लाख मध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।
कम्पनीले सर्वसाधारणको लागि विक्रीमा ल्याएको सहास उर्जा कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यहि साता भित्रै कम्पनीको शेयर नेप्सेमा सूचीकरण गराउने जनाएका छ ।
शेयर निश्काषन भएको बीचमा नेपालका ठूला पर्व परेका कारण केहि ढिला भएपनि अब यहि साता भिब नेप्सेमा सूचीकृत हुन लागेको हो । ‘शेयर सूचीकरण सम्बन्धि काम अन्तिम चरणमा रहेको कुरा उद्रीत गर्दै, एनआईबिएल स्रोतले भने, ‘यहि साता भित्रै कम्पनीको शेयर सूचीकरण हुन्छ ।’
कम्पनीले साहस उर्जा शेयर असोज १७ गते सबैमा बाँडफाँट गरेको थियो ।