काठमाण्डाै । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पूर्व केन्द्रिय अध्यक्ष गुरुराज घिमिरेले आज धनकुटामा आयोजित कार्यकर्ता भेलालाई तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसमा पुस्ता हस्तानरण र रुपान्तरण आवाश्यक भएकोले आगामी महाधिवेशनबाट पूस्ता हस्तारनरण र रुपान्तरण गर्ने वताउनु भयो ।
महासमिति सदस्य आनन्द सन्तोषी राईले कांग्रेसको संगठनमा आमुल परिवर्तन आवश्यक रहेको वताउनु भयो । नेपाली कांग्रेस धनकुटका सभापती अग्नी प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्य घनेन्द्रराज श्रेष्ठ, शरण कुमार राई, पुर्व सभापति रहि अधिकारी, जिल्ला सदस्यहरु निर्मल ओझा, विष्णु प्रसाद पौडेल, खेमराज पौडेल, रोशेष श्रेष्ठ, गिरिजा प्रसाद दाहाल, राजेन्द्र पौडेल, मोहन वान्तवा, पूर्व जिल्ला सहसचिव राजन राजन पौडेल, क्षेत्रिय सभापती इन्दिरा थापा, नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना, धनकुटा नगर कार्य समितिका पूर्व सभापति रोशन श्रेष्ठ, जिल्ला कार्य समितिका पूर्व कोषाध्यक्ष विकास, नेपाल महिला संघका पूर्व केन्द्रीय सदस्य टिका भण्डारी, नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष यूवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल शिक्षक संघका प्रदेश पार्षद राजेन्द्र खड्का, दलित संघका इन्दु दर्नाल, यूवा नेत खेम आचार्य, तिर्थ राई, विजय अधिकारी, रमेश पौडेल लगायतका नेताहरुले समेत कांग्रेसमा महाधिवेशनबाट सशक्त नेतृत्व चयन हुने वताउनु भयो ।