काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाकाे मागकाे आन्दाेलन उत्कर्षमा पुगेका बेला सोमबारदेखि उपत्यकाका सबै आन्दोलन सर्वोच्च परिसरमै केन्द्रित हुने नेपाल बारका महासचिव लीलामणि पौड्यालले जानकारी दिएका छन् ।
बारको आह्वानमा कानुन व्यवसायीहरुले आइतबार सर्वोच्च परिसरमा धर्ना दिएका छन् । प्रधानन्यायाधीश जबराको समर्थनमा पनि केही युवाहरुकाे प्रदर्शन देखिएकाे छ ।
भिजिलान्तेहरु प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै यसको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने कानून व्यवसायीहरुले आक्राेश व्यक्त गरेका छन् ।