काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. ५ को क्षेत्रीय सचिवमा रजनी थापाले उम्मेदवारी घोषणा गरेकी छिन् ।
युवा पुस्ताको सक्षम र सशक्त नेतृत्वको रुपमा आफुलाई विकास गरेकी थापा अघिल्लो स्थानिय निर्वाचनमा टोखा नगरपालिकाको उपमेयर पदमा झिनो मतले पराजित भएकी थिइन ।
यस अघि नेपाली कांग्रेस टोखा नगर समितिको सचिव रहेकी थापालाई यसपाली क्षेत्रीय सचिवमा जिताउन सम्पूर्ण युवाहरु एक भएर लागि परेका नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसका सभापति सुरज सेजुवालकाे दाबी रहेकाे छ ।
नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षको रुपमा समेत सामाजिक क्रियाकलापमा सक्रिय थापाले क्षेत्र न. ५ को सचिवमा पदमा विजयी गराउन अपिल गरेकी छिन् ।







