काठमाडाैँ । जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
मंसिर २४ गतेदेखि काठमाडौंमा हुने महाधिवेशनमा केन्द्रीय सदस्यमा आफूले उम्मेदवारी दिन लागेको वताएकी छिन् । सेजुवाल कर्णाली प्रदेशको एक मात्र महिला मेयर हुन् ।
०७४ को स्थानीय तहको निर्वाचनबाट उनी मेयरमा निर्वाचित भएकी हुन् । प्रदेशबाट तोकिएको महिला कोटामा आफूले उम्मेदवारी दिन लागेको उनले बताइन् ।
महाधिवेशनबाट २२ जना महिला केन्द्रीय सदस्यहरु चयन हुन्छ । सात प्रदेशबाट एक/एक जना, खस आर्य कोटाबाट ६ जना र खुलाबाट ९ जना महिला केन्द्रीय सदस्य चयन हुने व्यवस्था रहेकाे छ ।
पार्टीको विधानअनुसार हुने महिलाको प्रतिनिधित्वलाई सार्थक तुल्याउन र यसका लागि समन्वय गर्न आफ्नो उम्मेदवारी रहने पनि उनले बताइन् ।







