काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदकका तर्फबाट बहस गरेका कानुन व्यवसायीले बहस नोट सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १ सय ४६ जना निवर्तमान सांसद्हरुको तर्फबाट बहस गरेका २ सय ६२ कानुन व्यवसायीले बिहीबार बहस नोट सार्वजनिक गरेका हुन् । कानुन व्यवसायीहरुले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट ७ वटा प्रश्नहरु निरुपण हुनुपर्ने बहस नोटमा उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीमा देउवाको दाबी नपुग्ने भनी राष्ट्रपतिले गरेको निर्णय संविधान अनुरुप छ वा छैन भनेर व्याख्या हुनुपर्ने, केपी शर्मा ओलीले प्रधानमन्त्री पदका लागि संविधानको धारा ७६ ९५० बमोजिम पेस गरेको दावी राष्ट्रपतिले प्रथम दृष्टिमा नै अस्वीकार गर्नुपर्ने हो वा होइन रु भनेर व्याख्या हुनुपर्ने लगायत प्रश्न निरुपण हुनुपर्ने कानुन व्यवसायीको माग छ ।
बहस नाेटकाे पूर्णपाठ: