काठमाण्डौ । आगामी हुने स्थानीय तहकाे निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन एक भएर लाग्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य पूर्व मन्त्री सुनिल वहादुर थापाले आग्रह गरेका छन् ।
नेपाली कांग्रेस धनकुटाले शुवेच्छुक संस्थाहरुको भेला गरी उक्त भेलालाई सम्बोधन गर्दै थापाले पाँच महिना भित्र स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन सवै एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न भएको भेलामा जिल्ला सचिव विजय सन्तोषी राईले शुवेच्छुक संस्थाहरुको भेलाको औचित्यमाथि प्रकाश पार्दै आगामी चुनावमा धनकुटामा नेपाली कांग्रेसले बहुमत ल्याइ जित्ने दाबी गरेका छन् ।
सो अवसरमा नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु, धनकुटा नगर अध्यक्ष राम वहादुर श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका अध्यक्ष खिर वहादुर बुढाथोकी, केन्द्रीय प्रतिनिधि सुरज श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, नेपाल प्रेस युनियन धनकुटाका सचिव विकाश घिमिरे, डि एल ए धनकुटाका सचिव रमेश श्रेष्ठ, प्रजातन्त्रावादी प्राध्यापक समुह धनकुटा वहुमुखी क्याम्पसका सदस्य सहायक क्याम्पस प्रमुख दिनेश अधिकारी लगायतले नेपाली कांग्रेसलाई निर्वाचनमा विजयी गराउन पार्टी भित्र पूर्ण एकता कायम गरी अगाडी बढ्नु पर्नेमा सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य निलम थापा, पूर्व जिल्ला सदस्य मिन वहादुर कार्की, नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष युवराज पराजुली लगायतको सहभागीता रहेको थियो । नेपाली कांग्रेस धनकुटालाई हरेक तहको निर्वाचनमा विजयी गराउनका लागी अभियान संचालन गर्न सबैसँग छलफल परामर्श र सहकार्य गर्ने नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राईले वताएका छन् ।







