काठमाडाैँ । धनकुटाको विकास र समृद्धीका लागी धनकुटामा क्रियाशिल सत्ता पक्षीय राजनैतिक दलहरुले १ नम्वर प्रदेशका मुख्य मन्त्री र प्रदेश मन्त्रीहरुलाई ध्यानार्कषण सहित ११ बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी नबनाएर धनकुटाको विकासको गति रोएिको र धनकुटामा शुन्यता छाउँदै गएको र धनकुटावासीहरुलाई ठूलो अन्याय भएकोले धनकुटाको विकास र समृद्धीका लागी धनकुटामा क्रियाशिल सत्ता गठबन्धन दलहरुले मुख्य मन्त्रीको कार्यालय विराटनगरमामा गई मुख्य मन्त्री राजेन्द्र राईको गम्भिर ध्यानाकर्षण गराउँदै ११ बुँदे ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताएका छन् ।
धनकुटा जिल्ला अस्पताल कोशी पहाडी चार जिल्लाका विरामीहरुको उपचार गर्ने केन्द्रका रुपमा रहेकाले बिशेषज्ञ स्वास्थ्य सेवासहित यस अस्पतालको स्तरोन्नति गरी तत्काल १ सय शैयाको अस्पतालमा रुपान्तरण गर्न र धनकुटामा मेडिकल कलेज स्थापना गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने सहितका ११ बुँदे माग रहेका छन् ।
मुख्य मन्त्री राईलाई नेपाली कांग्रेस धनकुटाका सभापती दिनेश राई, सविच विजय सन्तोषी राई, प्रदेश सांसद लिला सुब्बा, नेता आनन्द सन्तोषी राई, नेकपा माओवादी केन्द्र धनकुटाका अध्यक्ष ऋषिराम ढुंगाना, प्रदेश सांसद कुसुम कुमारी श्रेष्ठ, केन्द्रीय सदस्य धन माया विक, प्रेम दलाहाङ्ग, नयन श्रेष्ठ, जनता समाजवादी पार्टी धनकुटाका अध्यक्ष बल वहादुर राई, प्रदेश सांसद आर सि तुम्बा, नेकपा एकिकृत समाजवादी धनकुटाका इन्चार्ज धर्मराज पौडेल, संघिय लोकतान्त्रिक मञ्च धनकुटाका इन्चार्ज चन्द्र सिंह नेम्वाङ्ग सहितकाे टाेलीले साे माग पत्र बुझाएका हुन् ।
साे मागप्रति मुख्यमन्त्री राई सकारात्मक रहेकाे सचिव विजय सन्ताेषी राईले जानकारी दिएका छन्।







