ADVERTISEMENT
Nitisanchar
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
Nitisanchar
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग
No Result
View All Result
Nitisanchar
No Result
View All Result

जनताको बीचमा पार्टीको साख गिराएर ध्वस्त पार्न लागियो – अध्यक्ष ओली

नीति सञ्चार by नीति सञ्चार
प्रकाशित मिति : २०७८ असार १८ गते, १८:५२ बजे
अब हिजोको जस्तो एकता हुँदैन, अब चुनावमै जानुपर्छ : प्रधानमन्त्री ओली
22
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई जनताको बीचमा साख गिराएर ध्वस्त पार्न लागिएको पनि बताएको छ।

शुक्रबार नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्दै ओलीले आफ्नै पार्टीको सरकार ढालेर प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाउनका लागि संसदीय अभ्यास र दलीय अनुशासनलाई समेत उल्लंघन गर्ने काम भएको बताए।

उनले भने, ‘हाम्रो पार्टीको साख जनताको बिचमा गिराउन खोज्ने, हाम्रो पार्टीको मर्यादा ध्वस्त पार्न खोज्ने त्यस्ता काम हुने गरेका छन्। आफ्नो पार्टीको सरकार ढाल्ने र प्रमुख प्रतिपक्षी दलका नेतृत्वमा सरकार बनाउने जस्ता लोकतन्त्र, संसदीय अभ्यास, दलीय प्रणाली, दलीय अनुशासनको उल्लंघन गर्ने र अराजकताको स्थिति सिर्जना गर्ने त्यस्ता खालका कामहरु पनि भइरहेका छन्।’

प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई तोडेर राजनीतिक दलहरू पुत्ला दहनमा लागेको भन्दै असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कर्तव्य पालना गरिरहेको जिकीर गर्दै राष्ट्रपतिमाथि निकृष्ट तहमा ओर्लिएर गाली गलौज, अपमान र झुटा लाञ्छनाहरू लगाएर समाजलाई असभ्य बनाउन खोजिएको टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले देशभित्रको प्रगतिशील शक्तिलाई बदनाम गर्न र कमजोर पार्नका निम्ति अनेक खालका प्रयासहरू भइरहेको बताए। उनले देशलाई अनुशासनहीन, उश्रृङ्खल र सामाजिक सभ्यताहरूको उल्लंघन गरेर स्तरहीन प्रवृत्तितर्फ धकेल्न खोजिएको बताए। ‘अनुशासन उल्लंघन गर्नुलाई बहादुरी ठान्ने, संगठित तवरले आन्दोलन घोषणा गर्ने, निषेधाज्ञा तोड्ने, उल्लंघन गर्ने प्रवृत्ति बढेको छ।’

राजनीतिक मुद्दालाई अदालततिर पठाइएको उल्लेख गर्दै उनले जनतामा जान नदिने प्रयासहरू भइरहेको टिप्पणी गरे।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *



पोलिसी मिडिया प्रा.लि.द्वारा सञ्चालित नीति सञ्चार काठमाडाैंकाे चावहिलबाट देश तथा बिदेश लक्षित गरि अनलाईन खबर पत्रिकाको रुपमा “नीति सञ्चार” सञ्चालनमा आएको र हाल लोकप्रिय रहेको जानकारी गराउन चाहन्छौं ।

यहाँहरुको साथ, सहयोग र सहकार्य सदवै रहनेमा विश्वस्त छौं । धन्यवाद ।।

प्रकाशक : संजीव वाग्ले
सम्पादक : सविन पोख्रेल
संवाददाता : तुलसा अधिकारी, मिना भट्टराई
कम्प्यूटर ग्राफिक्स : आर के कटवाल

मुख्य ठेगाना : काठमाडौं ०७, चावहिल
सम्पर्क कार्यालय : इटहरी, सुनसरी
सम्पर्क नं. ९८५११९८२८६, ९८१५३९७५४०
इमेल : nitisanchar@gmail.com

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • संसद
  • अर्थ
  • खेलकुद
  • मनाेरञ्जन
  • समाज
  • विचार
  • अन्य
    • अन्तर्राष्ट्रिय
    • न्याय
    • विज्ञापन
    • प्रविधि
    • कृषि
    • अपराध
    • स्वास्थ्य
    • ब्लग

© Policy Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist