काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली काँग्रेसकी नेतृ पुष्पा भुसाल निर्वाचित भएकी छन् ।
शुक्रबार संसदमा भएको मतदानमा सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।
उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए ।