काठमाडाैँ । जिल्ला उपाध्यक्ष सहित पार्टीका नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेपछि जनता समाजवादी पार्टीमा पहिरो गएकाे छ।
पूर्व मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिल वहादुर थापाले जनता समाजवादी पार्टी धनकुटाका जिल्ला उपाध्यक्ष विकास घिमिरे सहित जिल्ला सचिव श्रीराम रायमाझी, धनकुटा नगर अध्यक्ष दिल कुमार राई, नेकपा एमाले धनकुटाका पूर्व जिल्ला कमिटी सदस्यहरु भक्त थापा, मेख वहादुर राई लगायत सयौँ नेताहरुलाई नेपाली काँग्रेसमा स्वागत गरेका हुन् ।
नेका जिल्ला सभापति दिनेश राई, प्रदेश सभा सदस्य लिला सुब्बा, जिल्ला सचिव विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग, महासमिति सदस्य आनन्द सन्तोषी राई, नगर सभापति नरेश श्रेष्ठ लगायका नेताहरुले समेत टिका खादा लगाई काँग्रेसमा स्वागत गरेका थिए ।
जनता समाजपार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुमा धनकुटाका जिल्ला नेताहरु निर्वाचित वडा सदस्य विष्णु रसाईली, विर वहादुर राई, सविन श्रेष्ठ, भुवन राई, राज वहादुर राई, देवेन्द्र राई, सुक्र राई, राजन राई, सुवास राई, विशाल राई, ईन्द्र राई, नेत्र वहादुर राई, सविन राई, भिम राई, चिरञ्जिवि वस्याल, सुरज लिम्बु, श्याम श्रेष्ठ, राज श्रेष्ठ, बाल कुमार श्रेष्ठ, सुक्र राई, मुकेश राई, जसमान राई, चन्द्रध्वज राई, चुनु राई, रत्न राई, नारायण श्रेष्ठ, दिपक घिमिरे, दिनेश घिमिरे, सन्तोष थापा, दिपक राई, विर वहादुर राई, टेक वहादुर राई, सुनिता सार्की, बिमला सार्की, हिरा वहादुर राई, यज्ञ राई, इन्दिरा घिमिरे, रमला रसाईली, प्रमिला रसाईली, ममिता रसाईली, लक्ष्मी बराईली, सागर राई, आयुश राई, गंगा राई, सनिल थापा, प्रकाश खत्री लगायत १ सय २३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताएका छन् ।
नवप्रवेशीको नेतृत्वकर्ता यूवा नेता विकास घिमिरे र भक्त थापाले अव बाँकी राजनैतिक जिवन नेपाली काँग्रेसमा विताउँदै सक्रिय पूर्वक लागी आसन्न प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जनता समाजवादी पार्टी धनकुटाका जिल्ला पदाधिकारी सहित सयौ कांग्रेसमा प्रवेश गरेपछि जसपा धनकुटामा भने ठूलो पहिरो गएको छ ।