काठमाडाैँ, ५ भाद्र । नेपाली कांग्रेस धनकुटाको टोलीले गृह मन्त्री बालकृष्ण खाँडको ध्यानाकर्षण गराउँदै धनकुटाका असिना पानी, बाढी पहिरो पीडित कृषकहरुलाई राहत दिन र धनकुटा जिल्लाको शान्ति सुरक्षा कायम गर्न ५ बुदे माग पत्र बुझाएका छन।

नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, पूर्व सभापति हरी अधिकारी, जिल्ला सचिव विजय सन्तोषी राई, जिल्ला सदस्यहरु निमल थापा, नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ, धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापती भीम थापा, नेपाल विद्यार्थी संघ धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति सविन पोख्रेल, यूवा नेता मदन घिमिरे, सुरेन्द्र गिरी, नेपाल निजामती कर्मचारी युनियन धनकुटाका पूर्व अध्यक्ष हरीकृष्ण राजभण्डारी लगायतका धनकुटाका नेताहरुले गृह मन्त्रीलाई उक्त माग पत्र बुझाएका हुन्।
धनकुटा कांग्रेसद्वारा गृह मन्त्री खाँडलाई धनकुटाको कुवापानीमा रहेको प्रदेश नम्वर १ को प्रहरी प्रमुखको सम्पर्क कार्यालयलाई प्रदेश नम्वर १ को प्रहरी तालिम केन्द्र स्थापना गर्न र धनकुटाको जिल्लाको भेडेटार रहेको प्रहरी चौकी, हिलेको हिले प्रहरी चौकी, जितपुर प्रहरी चौकी र पाख्रिवास प्रहरी चौकीलाई स्तराेन्नति गरी ईलाका प्रहरी चौकी साथै साँगुरीगढी गाउँपालिकाको आहालेको चाँदनी बजारमा प्रहरी चौकी स्थापना गर्न माग गरिएको उक्त पत्रमा रहेकाे छ।







